१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विश्व अर्थतन्त्रमा व्यापार तनाव ‘प्रमुख खतरा’

फुकुओका – अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्वको अर्थतन्त्रमा व्यापार विवाद मुख्य चुनौती रहेको बताएको छ । विश्वका दुई ठूला अर्थतन्त्र अमेरिका–चीनबीचको व्यापार विवादका कारण विश्व आर्थिक वृद्धिदर प्रमुख रूपमा प्रभावित भएको भन्दै यसलाई सुल्झाउनका लागि विश्व समुदायले विभिन्न मञ्चमा विचार व्यक्त गरिरहेका समय मुद्रा कोषले यस्तो धारणा सार्वजनिक गरेको हो ।

‘विश्व व्यापार तनावले विश्वको आर्थिक वृद्धिमा मुख्य चुनौती दिएको छ,’ मुद्रा कोषका प्रमुख क्रिष्टिन लेगार्डले आइतबार बताए । चीनले अमेरिकाले एक अर्काको सामानमा गरिरहेको कर वृद्धिले विश्व आर्थिक विकासलाई ‘महत्वपूर्ण धक्का’ पु¥याउन सक्ने उनको भनाइ छ । लेगार्डले ‘जी–ट्वान्टी’ समूहको सदस्य राष्ट्रका अर्थमन्त्रीसँग भेट गरेपछि जारी गरेको विज्ञप्तिमा यस्तो चासो व्यक्त गरेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ ।

 

प्रकाशित: २७ जेष्ठ २०७६ ०२:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App