१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मोदीको सपथ ग्रहण कार्यक्रममा सार्क देशका शीर्ष नेतृत्वलाई बाेलाउने याेजना

काठमाडाैँ - भारत सरकारले प्रधामन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण कार्यक्रममा सहभागी गराउन नेपालसहित  छिमेकी देशका नेता तथा राष्ट्राध्यक्षलाई निमान्त्रणा गर्ने योजना बनाएको भारतीय संचारमाध्यमले जनाएका छन्। तर अहिलेसम्म भारत सरकारले छिमेकी मुलुकमा भने निमन्त्रणा पठाएको छैन।

काठमाडौँ स्थित भारतीय दूतावासका प्रवक्ता अभिषेख दुबेले नागररिक न्युजसँग कुरा गर्दै भने  ‘दूतावासलाई यो सम्बन्धमा कुनै जानकारी आएको छैन।’

यसैबीच श्रीलंकाका राष्ट्रपति मैलीपाला सिरिसेना भने माेदीकाे सपथ कार्यक्रममा सहभागि हुने निश्चित नै भइसकेकाे भारतीय पत्रिका द हिन्दुले जनाएकाे छ।

मोदीले यसअघि  सन् २०१४ मा आफ्नो सथपग्रहणमा सार्क सदस्य देशहरुका नेताहरुलाई निमन्त्रणा गरेका थिए। टाइम्स अफ इन्डीयाका अनुसार भारत र पाकिस्तानको बीच शत्रुतापूर्ण सम्बन्धका कारण मोदीले यस पटक  पाकिस्तानी समकक्षी इमरान खानलाई निमान्त्रणा दिने सम्भावना कम रहेको छ।

 

प्रकाशित: १२ जेष्ठ २०७६ ०७:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App