१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदी कहाँबाट दिदैँछन् उम्मेदवारी?

नयाँ दिल्ली - छिमेकी मुलुक भारतमा लोकसभा निर्वाचनको चलपहलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि छोएको छ।

लोकसभा निर्वाचन २०१९ अन्तर्गत भारतीय प्रधानमन्त्री मोदीले आज वाराणसी लोकसभा सिटका लागि उम्मेदवारी दर्ता गर्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। सो क्षेत्रको चुनावमा भाजपा, जनता दल युनाइटेड, शिवसेना, लोकजनशक्ति पार्टीबीच गठबन्धन भएको छ। मोदीले यसअघि वाराणसीबाटै चुनाव जितेका थिए ।

मोदी नेतृत्वको सत्तारुढ दल भारतीय जनता पार्टीका अनुसार उम्मेदवारी दर्ता गर्ने क्रममा जनता दल युनाइटेडका अध्यक्ष नीतीश कुमार, शिवसेना प्रमुख उद्धव ठाकरे, लोकजनशक्ति पार्टी के अध्यक्ष रामविलास पासवान र वरिष्ठ अकाली नेता प्रकाश सिंह बादलसमेत एनडिएका नेताकार्यकर्ता चुनाव आयोगको कार्यलयमा उपस्थित हुने जनाइएको छ। मोदी चुनाव प्रचारका क्रममा पनि आफ्नो निर्वाचन क्षेत्रमा देखिएका थिए। बिहीबार वनारसमा निकालिएको विशाल चुनावी र्‍यालीमा उनले सम्बोधन गरेका थिए। वनारसले चुनेको व्यक्तिले राष्ट्रिय राजनीतिमा प्रभाव छोड्नुपर्ने जिकिर गरे।

त्यस्तै भाजपा अध्यक्ष अमित शाह गान्धीनगरबाट चुनाव उठ्ने छन् । शाह हाल राज्यसभा सांसद हुन् र उनी पहिलो पटक गान्धीनगरबाट लोकसभाको चुनाव लड्न लागेका हुन् ।

प्रकाशित: १३ वैशाख २०७६ ०५:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App