चीन - चीनमा एक रसायन प्लान्टमा ठुलो शक्तिशाली बिस्फोट भएको छ। चिनिया सञ्चार माध्यमका अनुसार उक्त विस्फोटमा परी ४८ जनाको ज्यान गएको छ भने ६ सय ४० सय जना भन्दा धेरै घाइते भएका छन्।
बिस्फोट पूर्वी चीनको येनचंग बहरमा तियानजियाई केमिकलको एक सम्यन्त्रमा भएको हो।
बिस्फोटपछि उक्त कम्पनीमा आगो लागेको थियो । आगो शुक्रबार विहान मात्र नियन्त्रणमा लिइएको थियो। घाइते भएका मध्ये ३२ जना गम्भीर घाइते रहेका छन्। घाइतेहरुको १६ वटा अस्पतालमा उपचार भइरहेको छ।
प्रकाशित: ८ चैत्र २०७५ ०३:५२ शुक्रबार