४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

नेपाललाई पाकिस्तानको आग्रह

काठमाडौं – पाकिस्तानले सार्कमा रचनात्मक भूमिका खेल्न नेपालसँग आग्रह गरेको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग शनिबार भएको टेलिफोन कुराकानीमा पाकिस्तानी समकक्षी खबदुम साह कुरेसीले यस्तो आग्रह गरेका हुन्।

कुरेसीले सार्क क्षेत्रीय मुलुकहरुलाई एकसाथ बनाउने मञ्च भएकाले नेपालले अध्यक्ष मुलुकका हिसाबले रचनात्मक भूमिका खेल्नुपर्ने बताएका थिए। ज्ञवाली र कुरेसीबीच क्षेत्रीय शान्ति र सुरक्षाका विषयमा कुराकानी भएको छ।

कुराकानीमा परराष्ट्रमन्त्री ज्ञवालीले क्षेत्रीय शान्ति र सुरक्षा सबैको प्रमुख जिम्मेवारी भएको बताएका थिए। कुरेसीले पाकिस्तानले छिमेकीसँगको सम्बन्धलाई महत्व दिने भन्दै पाकिस्तान शान्तिमा विश्वास गर्ने मुलुक भएको बताएका थिए।

प्रकाशित: १४ फाल्गुन २०७५ ०३:०७ मंगलबार

पाकिस्तान सार्क आग्रह