१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकी प्रतिबन्धविरुद्ध ओपेक राष्ट्रसँग सहयोग माग

कराकस – संयुक्त राज्य अमेरिकाले देशको तेल उद्योगमाथि लगाएको प्रतिबन्धविरुद्ध भेनेजुएलाले तेल निर्यात राष्ट्रहरुको समूह ‘ओपेक’सँग सहयोग माग गरेको छ। 
भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोल अ‍ेमेरिकी प्रतिबन्धविरुद्ध ओपेकसँग सहयोग माग गरेको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ। उनले अमेरिकी प्रतिबन्धले तेलको मूल्यमा प्रभाव पर्न सक्ने र त्यसले ओपेकमा रहेका अन्य तेल उत्पादक राष्ट्रलाई समेत असर पर्ने भन्दै सहयोग माग गरेका हुन्।
भेनेजुएलाका राष्ट्रपति मादुरोले सहयोगको आग्रह गरे पनि कराकस आफैं संस्थापक सदस्य रहेको ‘अर्गनाइजेसन अफ द पेट्रोलियम एक्सपोर्टिङ कन्ट्रिज’ले भने यसबारे आधिकारिक विज्ञप्ति सार्वजनिक गर्न इन्कार गरेको यस विषयमा जानकार एउटा स्रोतलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ। 
जनवरी २९ का दिन भेनेजुएली राष्ट्रपति मादुरोले ओपेकका महासचिव मोहम्मद बार्किन्दोलाई अमेरिकी प्रतिबन्धविरुद्ध उभिनका लागि आग्रह गर्दै पत्र प्रेषित गरेको रोयटर्सले उल्लेख गरेको छ। 
‘अमेरिकाले आन्तरिक मामिला गरिरहेको  हस्तक्षेपविरुद्ध लडिरहेको हाम्रो देशलाई ओपेक सदस्य राष्ट्र र त्यसको मन्त्रीस्तीय बैठकले एक्यबद्धता र पूर्ण सहयोग गर्ने आशा हामीले लिएका छौं,’ मादुरोले लेखेको पत्र उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ। ‘ओपेकको महŒवपूर्ण राष्ट्रमाथि भइरहेको दबाब र हेपाइविरुद्ध मैले पूर्ण सहयोग र सद्भाव प्राप्त गर्ने आश लिएको छु,’ पत्रमा भनिएको छ। 
भेनेजुएलामाथि भइरहेको प्रतिबन्धले विश्व तेल व्यापारमा निम्त्याउन सक्ने  असरलाई ध्यान दिँदै सहयोग प्राप्त हुने अपेक्षा राष्ट्रपति मादुरोले लिएको रोयटर्सले उल्लेख गरेको छ। 
तेल निर्यात राष्ट्रहरुको साझा संगठन ओपेकले राजनीतिक मामिलामा बोल्ने गरेको छैन। गत वर्ष इरानले तेहरानमाथि अमेरिकाले गरेको प्रतिबन्धबारे धारणा सार्वजनिक गर्न गरेको आग्रहलाई पनि ओपेकले वेवास्ता गरेको थियो। 
भेनेजुएला कुनै बेला ओपेकमा रहेका ठूला तीन तेल निर्यात गर्ने राष्ट्रमध्ये एक थियो तर पछिल्ला वर्ष उसको तेल उत्पादनमा कमी आएपछि देशको अर्थतन्त्रसमेत धरासायी बन्दै गइरहेको छ। 
विपक्षीले बहिष्कार गरेको गत वर्षको राष्ट्रपतीय निर्वाचनबाट वर्तमान राष्ट्रपति नियुक्त भएका थिए। सोही जितलाई आधार मान्दै यसै वर्षको सुरुमा उनले दोस्रो कार्यकालका लागि राष्ट्रपति पदको शपथ लिएसँगै भेनेजुएलाको राजनीतिमा तनाव बढेको थियो। अवैधानिक तरिकाले सम्पन्न भएको निर्वाचनबाट मादुरो विजयी भएको र त्यसरी विजयी भएको व्यक्ति देशको वैधानिक राष्ट्रपति हुन नसक्ने भन्दै विपक्षीहरुले आयोजना गरेको सरकार विरोधी प्रदर्शनका क्रममा त्यहाँका विपक्षी नेता एवं राष्ट्रिय सभाका अध्यक्ष उवान गुआइडोले गत महिनाको अन्त्यतिर आफूले आफैंलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए। गुआइडोले आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गरेलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई मान्यता दिएका थिए।  अमेरिकापछि क्यानडा हुँदै अधिकांश युरोपेली राष्ट्र र ल्याटिन अमेरिकी राष्ट्रले पनि गुआइडोलाई नै भेनेजुएलाको अन्तरिम नेताका रूपमा मान्यता दिएका छन्। त्यसरी मान्यता दिने राष्ट्रको संख्या ४० पुगेको रोयटर्सले उल्लेख गरेको छ। 
क्याप्सन ः  आइतबार भेनेजुएलाको चाराल्लाभेमा आयोजित सैन्य अभ्यासमा सहभागी भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो। तस्बिर ः एजेन्सी

 

प्रकाशित: २९ माघ २०७५ ०१:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App