१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जिम्बाबेमा बस दुर्घटना, कम्तीमा ४२ को मृत्यु

तस्बिर : एजेन्सी

हरारे - जिम्बाबेमा शुक्रबार भएको बस दुर्घटनामा परी कम्तीमा ४२ जनाको मृत्यु भएको छ। जिम्बाबेका प्रहरी अधिकारीहरुले बसभित्र राखिएको ग्यास सिलिन्डर विस्फोट भएका कारण बसमा यात्रा गरिरहेका व्यक्तिहरुको मृत्यु भएको बताएका छन्।

प्रहरी प्रवक्ता चरिती चराम्बाले विस्फोटका कारण क्षतिग्रस्त भएको बसबाट ४२ जनाको शव निकालिएको जानकारी दिए।उक्त घटनाका सम्बन्धमा विस्तृत विवरण आउन बाँकी छ। बसमा यात्रारत कतिपय घाइतेको उद्धार गरी नजिकका अस्पतालहरुमा भर्ना गरिएको छ। 

प्रकाशित: ३० कार्तिक २०७५ १०:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App