१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रेलले जाेडिने भए दुर्इ काेरिया

सोल – उत्तर र दक्षिण कोरियाबीच सोमबार भूमिगत रेलमार्ग निर्माणका लागि सहमति भएको छ। कोरियाली प्रायद्वीपमा सो रेलमार्ग निर्माण हुन लागेको हो।

रेलमार्ग निर्माणसम्बन्धी विशेष कार्यक्रम यसै वर्षको नोभेम्बरको अन्त्य या डिसेम्बरको पहिलो हप्ता उक्त स्थानमा आयोजना गरिने भएको छ। सो कार्यक्रमपछि यो रेलमार्ग निर्माणसम्बन्धी कार्यको शुरुआत गरिने छ।

दुई कोरियाबीचको यो सहमति कोरियाली प्रायद्वीपमा रहेका पानमुन्जोम गाउँ र दक्षिण कोरियाली क्षेत्रमा रहेको शान्ति भवनमा भएका विभिन्न उच्चस्तरीय वार्तापछि भएको योन्हाप समाचार समितिले जानकारी दिएको छ।

दुवै देशका प्राविधिकहरु र रेल सेवा विभागका अधिकारीहरूले गरेको स्थलगत निरीक्षणपछि सो सहमति भएको थियो। रेलमार्ग निर्माणका लागि स्थलगत निरीक्षण गर्नका लागि पनि शुरुमा दुई कोरियाबीच पत्राचार भएको समाचारमा जनाइएको छ।

प्रकाशित: २९ आश्विन २०७५ ०९:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App