२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘रोहिन्जाविरुद्धको दुर्व्यवहार छानबिन गर्न म्यान्मार अनिच्छुक’

यांगुन – म्यान्मारका रोहिन्जा समुदायका नागरिकमाथि भएको ज्यादतिको अनुसन्धान गर्न म्यान्मार अनिच्छुक रहेको आरोप संयुक्त राष्ट्रसंघीय अधिकारवादीले लगाएका छन्।

यसअघि संयुक्त राष्ट्रसंघीय मानवअधिकार आयोगले गरेको अनुसन्धानमा म्यान्मारको सेनाले त्यहाँका रोहिन्जा समुदायका नागरिकमाथि दमन गरेको बताएको थियो । सेनाको दुर्व्यवहार र दमन सहन नसकेर रोहिन्जा समुदायका नागरिक छिमेकी बंगलादेशतर्फ भागेका थिए । उनीहरु सात लाखभन्दा बढीको संख्यामा हाल बंगलादेशमा रहेका छन् ।
राष्ट्रसंघीय मानवअधिकार निकायले यस ज्यादतिको छानबिन र त्यहाँको सेनामाथि नै कारबाहीको माग गरेको थियो । तर म्यान्मार सरकारले अहिलेसम्म पनिसेनालाई कारबाही गरेको छैन।

म्यान्मारको सेनाले रोहिन्जा समुदायका नागरिकलाई आतंककारीको आरोप लगाउँदै हत्या र बलात्कारसमेत गरेको रोहिन्जाको आरोप छ । साथै ती आरोपमा सत्यता रहेको राष्ट्रसंघीय मानवअधिकार निकायले जनाएको थियो ।
म्यान्मार सेनाको प्रमुखलाई कारबाही गर्न राष्ट्रसंघले पहिले नै सिफारिश गरेको थियो । साथै सो निकायले रोहिन्जामाथि भएका ज्यादतिको पनि आवश्यक अनुसन्धान गर्न भनेको थियो । तर म्यान्मार सरकारले भनेसेनाका प्रमुखमाथि कारबाही गर्न मानेको छैन । म्यान्मारले यदि ती सैनिक अधिकारीमाथि कारबाही नगर्ने हो भने यससम्बन्धमा थप कदम चालिने चेतावनी राष्ट्रसंघीय अधिकारीले दिँदै आएका छन्।

म्यानमारका लागि एकजना राष्ट्रसंघीय प्रतिवेदक याङही लीलाई म्यान्मार सरकारले गत डिसेम्बारदेखि म्यान्मार छिर्न दिएको छैन । राष्ट्रसंघले आफै म्यानमार आएर उक्त ज्यादतिको छानबिन गर्न माग गरेको छ । तर म्यान्मार सरकारले त्यो अनुमति दिएको छैन । साथै प्रतिवेदक लीलाई पनि देशभित्र छिर्न दिएको छैन । लीले मंगलबार म्यान्मार सरकारले रोहिन्जामाथि ज्यादति गर्ने अधिकारीमाथि कारबाही गर्न सरकारले इच्छा नदेखाएको बताएका हुन्।

प्रकाशित: २४ आश्विन २०७५ ०२:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App