काठमाडाैं - भारतका ५ राज्यमा यसै वर्ष विधानसभाको चुनाव हुने भएको छ। भारतका राजस्थान, मध्ये प्रदेश, छत्तिसगढ र मिजोरममा यसै वर्ष विधानसभाको निर्धारित कार्यकाल पुरा हुँदै छ भने तेलांगनामा विधानसभा यसअघिनै भंग भैसकेको छ। यी ५ राज्यमा डिसेम्बर ७ सम्म चुनाव सम्पन्न गरी ११ डिसेम्बरमा सम्पूर्ण राज्यको एकैपटक नतिजा प्रकाशन गरिने त्यहाँको चुनाव आयोगले जानकारी दिएको छ।
मध्ये प्रदेशमा २८ नोभेम्वर, छत्तिसगढमा नोभेम्वर १२ र २०, राजस्थानमा डिसेम्बर ७ , मिजोरममा २८ नोभेम्वर र तेलांगनामा डिसेम्वर ७ तारिकमा चुनाव गरिने अायाेगले जानकारी दिएकाे छ। चुनावको घोषणासँगै यी पाँच राज्यमा शनिवारदेखिनै निर्वाचन आचार संहिता लागु गरिएको छ।
प्रकाशित: २० आश्विन २०७५ १०:२७ शनिबार