१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ऋषि कपूरकी आमा कृष्णाराजको निधन, शोकमा बलिउड

मुम्बई– बलिउडका दिग्गज अभिनेता राज कपूरकी पत्नी कृष्णा राज कपूरको ८७ वर्षको सोमबार विहान निधन भएको छ। कृष्णालाई श्वासप्रश्वासमा समस्या थियो। 

कृष्णाको निधनको खबरसँगै बलिउड शोकमा डुबेको छ। आमिर खान, करन जोहर, फराह खान, मनिषा कोइराला, अनुपम खेर, ऋतिक रोशन लगायत कलाकारले सामाजिक सञ्जालमार्फत कृष्णालाई सम्झिँदै श्रद्धाञ्जलि दिइरहेका छन्। 

कृष्णा कपूर परिवारकी सिनियर अभिभावक थिइन्। बलिउडमा कपूर परिवारको ठूलो योगदान छ। उनका छोरा ऋषि कपुर, नाति रणवीर कपुर र नातिनी करिना कपुर लगायत बलिउडमा चर्चित छन्।

उनको आजै साँझ साढे ५ बजे दाहसंस्कार गरिने भारतीय सञ्चारमाध्यमले जनाएको छ। 

प्रकाशित: १५ आश्विन २०७५ ०७:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App