४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि प्रतिवन्ध लगाउने अमेरिकी चेतावनी

अमेरिका - अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीले अमेरिकी नागरिकहरूमाथि मुद्दा चलाएमा अमेरिकाले ऊ विरुद्ध नै प्रतिबन्धहरू लगाउने चेतावनी दिएको छ।

आईसीसीले अफगानिस्तानमा बन्दीहरूलाई दुव्र्यवहार गरेको आरोपमा अमेरिकी सैनिकहरूलाई मुद्दा चलाउने तयारी गरिरहेको विवरणहरू बाहिर आएपछि अमेरिकाले त्यस्को कडा आलोचना गरेको छ ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले आईसीसी नै ‘अवैध’ भएको आरोप लगाउँदै अमेरिकाले आफ्ना नागरिकको सुरक्षाका लागि जे पनि गर्न सक्ने बताएका छन्।

गत वर्ष आईसीसीका एक अभियोजनकर्ताले अफगानिस्तानमा अमेरिकी सैनिक र गुप्तचर अधिकारी संलग्न भएको सम्भाव्य युद्ध अपराधको पूर्ण अनुसन्धान गर्न अनुरोध गरेका थिए।

बोल्टनले आफ्ना सैनिकहरूविरुद्ध अनुसन्धान गरेमा अमेरिकाले आइसीसीका अधिकारीहरूविरुद्ध ‘आर्थिक प्रतिबन्ध, यात्रामा अवरोध र फौजदारी मुद्दा’ लगाउने बताए।

प्रकाशित: २६ भाद्र २०७५ ०५:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App