१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पले 'पोर्न स्टार'लाई किन दिएका थिए पैसा ?

वासिंटन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पोर्न स्टारलाई आफ्नो सम्वन्धबारे नबोल्न पैसा दिएको खुलासा भएको छ। ट्रम्पका पूर्व वकिल माइकल कोहेनले म्यानहर्ट कोर्टमा यस्तो बताएको बीबीसी उल्लेख गरेको छ। यो विषय यस अघि देखिनै विवादित रहँदै आएको थियो। तर ट्रम्पका पूर्व वकिलले नै अदालतमा पैसा दिएको स्वीकार गरेका हुन्।

यस्तै ट्रम्पको चुनाव अभियानमा वित्तिय नियमको उल्लङघन गरेको समेत उनले स्वीकार गरेका छन्। उम्मेदवारले भने अनुसार आफुले यस्तो गरेको र यसको उदेश्य निर्वाचनलाई प्रभावित पार्नु भएको उनले बताएका छन्। ५१ वर्षका कोहेनले आठ गडबडि स्वीकार गरेका छन्। जसमा ट्याक्स र बैंक फ्रडका मामला समेत छन्। यस मामिलामा ह्वाइट हाउसले प्रतिक्रिया दिन अस्वीकार गरेको छ।

पोर्न स्टार स्टार्मी डेनियल्सले अमेरिकी राष्ट्रपति ट्रम्पसँग आफ्नो सम्वन्ध भएको दावी गरेकी छन्। वाल स्ट्रिट जर्नलमा छापिएको एक समाचार अनुसार ट्रम्पका वकिल कोहेनले २०१६ मा राष्ट्रपति चुनाव भन्दा पहिले स्टार्मीसँग १ लाख ३० हजार डलरको सम्झौता गरेका थिए। यो आर्थिक सम्झौतापछि उनले ट्रम्पसँगको सम्वन्धको बारेमा सार्वजनिक नगर्ने भनिएको थियो।

५१ वर्षका कोहेनले स्वीकार गरेका विषयमा उनले ६५ वर्षसम्म जेलमा विताउन पर्न सक्छ। अदालतले सजायँको घोषणा १२ डिसेम्वरमा गर्ने छ। अहिले भने उनी धरौटीमा रिहा भएका छन्।

 

 

प्रकाशित: ६ भाद्र २०७५ ०९:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App