२ पुस २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पहिलो पटक पाकिस्तानी संसदमा हिन्दू प्रतिनिधित्व

इश्लामावाद- पाकिस्तानको केन्द्रीय संसदमा १६ बर्षपछि पहिलो गैरमुश्लिम सदस्य निर्वाचित भएका छन्। पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)का महेश मलानी पाकिस्तानको इतिहासमा संसदको तल्लो सदनको सांसद बन्ने पहिलो हिन्दू व्यक्ति बनेका हुन्।

पाकिस्तानी निर्वाचन आयोगलाई उद्धृत गर्दै पाकिस्तानी पत्रिका डनले दिएको जानकारी अनुसार मलानीले सिन्ध प्रान्तको एनए–२२२ (थारपारकर–दोस्रो)बाट निर्वाचन लडी एक लाख छ हजार ६३० मत ल्याई संसदमा प्रतिनिधित्व गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी ग्रान्ड डेमोक्रेटिक गठबन्धनका अर्वाव जाकुल्लाहले ८७ हजार २५१ मत प्राप्त गरेका छन्।

मलानी खाद्यान्नका लागि सिन्ध सभाका स्थायी समिति प्रमुख पनि हुन। पाकिस्तानी पूर्व राष्ट्रपति प्रवेज मुशर्रफले सन् २००२ मा गैरमुसलमान समुदायबाट मतदान तथा निर्वाचन लड्न पाउने कानूनी व्यवस्थाको सुनिश्चितता गरेका थिए।

जस अनुसार पाकिस्तानी अल्पसङ्ख्यक समुदायले पनि केन्द्रीय, प्रान्तीय सभा तथा पाकिस्तानी सिनेटमा निर्वाचित हुन पाउने प्रावधान बनेको थियो। यस पहिले गत मार्चमा पीपीपी कै कृष्ण कुमारी थारपारकरबाट सिनेट सदस्यमा निर्वाचित बन्ने पहिलो महिला बनेकी थिइन्।

प्रकाशित: १३ श्रावण २०७५ १६:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App