४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकाको मिसौरीमा डुङ्गा दुर्घटना, ११ को मृत्यु, ५ बेपत्ता

वासिङ्टन – अमेरिकाको मिसौरी राज्यमा रहेको एक तालमा बिहीबार पर्यटक बोकेको डुङ्गा दुर्घटना हुँदा त्यसमा रहेका कम्तीमा पनि ११ जनाको ज्यान गएको छ। 

यस दुर्घटनामा परी कम्तीमा एघार व्यक्तिको मृत्यु भएको र अरु पाँच जना हराएका स्थानीय अधिकारीले जानकारी दिएका छन्। आँधी आएका कारण सो डुङ्गा डुबेको बताइएको छ। पर्यटकहरु जल सयर गरिरहेका बेला ठूलो आँधीबेहरी आएको र त्यसका कारण सो दुर्घटना भएको जनाइएको छ। 

सो दुर्घटनामा मारिएकामा केही बालबालिका पनि रहेका जनाइएको छ। यस दुर्घटनामा घाइते भएका सात व्यक्तिलाई उद्धार गरी अस्पताल भर्ना गरिएको छ। 

स्थानीय समयाअनुसार बिहीबार साँझ ६ः३० मा भएको सो घटनाको समयमा डुङ्गामा ३१ व्यक्ति सवार रहेका थिए। तीमध्ये केहीलाई भने सकुशल उद्धार गरिएको जनाइएको छ।

प्रकाशित: ४ श्रावण २०७५ ०८:२८ शुक्रबार

अमेरिकाको मिसौरीमा डुङ्गा दुर्घटना ११ को मृत्यु बेपत्ता