१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बाँध फुट्दा ३२ को मृत्यु

नाकारु– केन्याको नाकुरु प्रदेशमा रहेको एउटा बाँध भत्किँदा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । बाँध भत्किएपछि बाँधको वरीपरी रहेका झण्डै २५ सय स्थानीय बासिन्दा विस्थापित भएको प्रहरी अधिकारीहरुले बिहीबार जानकारी दिएका छन्।

क्षेत्रीय अपराध अनुसन्धान कमान्डर गिडेन किबुन्जाले उनीहरूको मृत्यु भएको, केही व्यक्ति हराइरहेको र मृत्यु हुनेहरूको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको बताउनु भयो।बाँध भत्किएपछि बगेको पानीले कैयौं घर, विद्यालय भवन र व्यापारिक कार्यालय पनि क्षतिग्रस्त भएको अधिकारीहरुदर्ला उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ । ‘घटनामा परी अहिलेसम्म ३२ जनाको मृत्यु भइसकेको छ, अरु धेरै जना अझै पनि बेपत्ता छन्,’ कमान्डर किबुन्जाले एएफपीसँगको टेलिफोन वार्तामा बताए।

प्रभावितलाई स्थानीय बासिन्दा, रेडक्रसका स्वयंसेवक, प्रदेश प्रकोप व्यवस्थापन कार्यालयको टोलीलगायतले खोजी तथा उद्धारमा सघाएका थिए । उनीहरूले माटो र हिलोमा पुरिएका झण्डै ४० भन्दा बढीलाई उद्धार गरेर अस्पताल लगेको पनि जनाएका छन् । हिलो माटोले पुरिएका वा बगाएका अरु पनि धेरै हुनसक्ने भएकाले खोजी तथा उद्धार कार्य जारी रहेको उद्धारकर्मीहरुले बताएका छन् ।

प्रदेशका सरकारी अधिकारीहरुले बाँधको पानी घर तथा मानिस भएको ठाँउतिर गएकाले ठूलो क्षति भएको हो । बाढी पहिरोका कारण गत दुई महिनामा केन्यामाकुल एक सय ३० जनाको मृत्यु भएको छ भने दुई लाख २० हजार भन्दा बढी विस्थापित भएका छन्।

प्रकाशित: २८ वैशाख २०७५ ०३:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App