१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ह्वाइट हाउस अधिकारीको खुलासा: ट्रम्पको ट्यारिफ धम्की नक्कली, सेयर बजार प्रभावित पार्न खेल?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि टेलिभिजन रेटिङ र विश्व सेयर बजार प्रभावित गर्न ट्यारिफ युद्ध सुरु गरेको आरोप लागेको छ। 

‘ट्रम्पलाई थाहा छ कि उनको राष्ट्रपतित्वको रमाइलो भाग ट्यारिफ वार्ता हो,’ ह्वाइट हाउसका एक गुमनाम स्रोतले पोलिटिकोलाई भने, यो सबै नक्कली हो। कुनै समयसीमा छैन। यो उनको नाटकीय शोको हिस्सा हो।’

गत अप्रिलमा ट्रम्पले ‘लिबरेशन डे’ ट्यारिफ लगाएर विश्वलाई अमेरिकासँग व्यापार सम्झौता गर्न तीन महिनाको समय दिएका थिए। सम्झौता नभए कडा कर लाग्ने उनको चेतावनी थियो। टाइम पत्रिकासँग उनले २ सयबढी देशसँग सम्झौता भएको दाबी गरे, तर पछि संख्या केही दर्जनमात्र भएको स्वीकारे।

जुलाई ९ को समयसीमा नजिकिँदा बेलायत र चीनले मात्र सीमित सम्झौता गरेका छन्। विश्व सेयर बजारमा अनिश्चितता बढेको छ। ट्रम्पले १२ भन्दा बढी देशलाई ‘ डिल लेऊ वा छोड’ पत्र पठाएको रोयटर्सले जनाएको छ, जसमा भारत पनि समावेश हुन सक्छ। 

आइतबार ट्रम्पले यी पत्रहरू चाँडै पठाउने बताए। ट्रेजरी सेक्रेटरी स्कट बेसेन्टले समयसीमा अगस्ट १ मा सरेको र सम्झौता नभए अप्रिल २ को कर स्तर लाग्ने सिएनएनलाई बताएका छन्।

सिएनबिसीले उल्लेख गरे अनुसार ट्रम्पले ह्वाइट हाउसको पत्रकार सम्मेलनमा भने, ‘हामी जे चाहन्छौं गर्न सक्छौं। हामी समयसीमा बढाउन वा घटाउन सक्छौं। म छोटो बनाउन चाहन्छु।’ 

यो अनिश्चितताले ट्रम्प व्यापार अवसर सिर्जनामा कति गम्भीर छन् भन्ने प्रश्न उठाएको छ। ‘जित तिम्रो छ, लेऊ,’ स्रोतले पोलिटिकोलाई भन्यो, ‘तर उनी यो खेल मन पराउँछन्, त्यसैले जित लिन चाहँदैनन्।’

ह्वाइट हाउसका प्रवक्ता कुश देसाईले डेली बिस्टलाई भने, ‘अनुचित विदेशी व्यापारले अमेरिकी उद्योगलाई कमजोर बनाउँछ। ट्रम्प शुल्कमार्फत अमेरिकी महानता पुनर्स्थापित गर्न प्रतिबद्ध छन्।’ 

ट्रम्पले व्यापार वार्ताको जिम्मा स्कट बेसेन्ट, हावर्ड लुटनिक र जेमिसन ग्रीरलाई दिएका छन्, तर उनीहरूसँग वास्तविक शक्ति कम छ। पोलिटिकोका अनुसार यो प्रक्रियामा प्रगति निकै कम भएको छ। धेरै देशका प्रतिनिधिमण्डलहरू वार्तामा आए पनि अलमलमा परेका छन्। ट्रम्पले सफल सम्झौता गर्ने देशलाई पनि अनलाइनमा आलोचना गरेका छन्। 

यो अनिश्चितताले विश्व सेयर बजारमा अस्थिरता ल्याएको छ। विश्लेषकहरूले ट्रम्पको ट्यारिफ नीतिले लगानीकर्ताहरूलाई चिन्तित बनाएको र बजारमा जोखिम बढाएको बताएका छन्। एजेन्सी

प्रकाशित: २३ असार २०८२ ११:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App