१२ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

युएसएआइडीले अमेरिकामा १६ सय कर्मचारी बर्खास्त गर्ने

अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसएआइडी) ले संयुक्त राज्य अमेरिकामा १ हजार ६ सय कर्मचारीहरूलाई बर्खास्त गर्ने भएको छ। बाँकी रहेका अधिकांश कर्मचारीहरूलाई प्रशासनिक बिदामा राख्नेछ।  

विदेशी कर्मचारीहरूका लागि स्वैच्छिक एजेन्सी–वित्त पोषित फिर्ता यात्रा कार्यक्रम र अन्य सुविधाहरूको लागि योजना बनाएको छ। एलन मस्कको नेतृत्वमा रहेको सरकारी दक्षता विभागद्वारा सरकारी सुधारको लागि एक प्रमुख लक्ष्य भएको बताइएको छ।

अमेरिकी मिडियाबाट अघिल्ला रिपोर्टहरू अनुसार ट्रम्प प्रशासनको लक्ष्य युएसएआइडीको विश्वव्यापी कार्यबललाई १० हजार भन्दा बढीबाट ३०० भन्दा कममा घटाउनु थियो। जुन ९७ प्रतिशतले कमी हो। सिन्ह्वा

प्रकाशित: १३ फाल्गुन २०८१ १२:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App