७ माघ २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ, भीडले बचाउन सकेन

दक्षिण कोरियामा महाभियोगको सामना गरिरहेका निलम्बित राष्ट्रपति युन सुक-योललाई बुधबार प्रहरीले पक्राउ गरेको छ। 

बीबीसीका अनुसार, उनलाई पक्राउपछि केही मिनेटमै भ्रष्टाचार अनुसन्धान कार्यालयमा पुर्‍याइएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। अधिकारीहरूले युन पक्राउको पुष्टि गरेका छन्। 

पक्राउपछि, राष्ट्रपतिले एक भिडियो सन्देश जारी गर्दै आफूविरुद्धको अनुसन्धान अवैधानिक भएको दाबी गरे। गत वर्ष डिसेम्बर ३ मा युनले सैन्य शासन लागू गर्ने घोषणा गरेका थिए, तर विरोधपछि केही घण्टामै त्यो निर्णय फिर्ता लिनुपरेको थियो। 

युनका वकिल सेओक डोङ-ह्युनले फेसबुकमा एक पोस्टमार्फत राष्ट्रपति युन दक्षिण कोरियामा रक्तपातजस्तो गम्भीर दुर्घटना रोक्नको लागि आफ्नो निवास छोडेर गिरफ्तारी दिन सहमत भएको बताए। 

युनले पनि आफ्नो भिडियो वक्तव्यमा यो कुरालाई जोड दिँदै आफू रक्तपात रोक्नको लागि भ्रष्टाचार अनुसन्धान कार्यालय समक्ष उपस्थित भएकाे भनेका छन्। 

उनले भिडियो सन्देशमा आफूमाथिको अनुसन्धानलाई गलत भनेका छन्। यसअघि पटक पटक समर्थकको आडमा पक्राउ पर्नबाट बच्दै आएका युनलाई उनका समर्थकहरूको भीडबाट पक्राउ गरिएको हो।

प्रकाशित: २ माघ २०८१ ०८:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App