६ मंसिर २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारत र चीनका विदेशमन्त्रीबीच भेटवार्ता, छलफलका विषय के हुन् ?

भारत र चीनका विदेशमन्त्रीबीच भेटवार्ता भएको छ।  

ब्राजिलमा जारी जी–२० शिखर सम्मेलनका क्रममा वाङ यी र एस जयशंकरबीच भेट भएको हो। चीनको सरकारी अखबार ग्लोबल टाइम्सका अनुसार वाङ यीले एस जयशंकरसँग दुई देशबीच सिधा उडान खुलाउने, भिसा सुविधा र आफ्ना पत्रकारहरूलाई एकअर्काको देशमा काम गर्न दिनेलगायतका धेरै विषयमा कुराकानी गरेका छन्। 

भारत र चीनले वास्तविक नियन्त्रण रेखा अर्थात (एलएसी)मा सेनाको गस्ती गर्ने सम्बन्धमा सम्झौता गरेका छन्। त्यसको केही दिनपछि ब्रिक्स शिखर सम्मेलनमा रुसको काजानमा प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच द्विपक्षीय भेटवार्ता भएको थियो।  

भारतीय विदेश मन्त्रालयले एलएसीबाट सेना फिर्ता गर्ने र २०२० गलवान झडपपछि सुरु भएको विवाद समाधान गर्न प्रधानमन्त्री मोदी र सी जिनपिङबीच भएको सहमतिलाई स्वागत गरेको बताएको थियो। 

प्रकाशित: ४ मंसिर २०८१ १३:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App