१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विश्व किर्तिमान बनाउन अयोध्यामा २५ लाख दियो बालिने

भारतको अयोध्यास्थित राम मन्दिरमा २५ लाख दियो बालिने भएको छ।

उत्तर प्रदेशको अयोध्यास्थित राम मन्दिरमा प्राण प्रतिष्ठा पछि पहिलोपटक दिपोत्सवको तयारी भएइको हो।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यसपटकको दिपोत्सवमा विश्व किर्तिमान कायम गर्ने लक्ष्यसहित २५ लाख दियो बालिने बताएका छन्।

गिनिज बुल अफ वल्र्ड रेकर्ड टिमको संलग्नतामा ३० हजार स्वयंसेवकले सरयू नदीको ५५ वटा घाटमा २५ लाख दियो बाल्ने तयारी भएको पनि बताए।

आठौँ संस्करणको दिपोत्सवको तयारी पूरा भएको र विश्व किर्तिमान बनाउनका लागि तयार रहेको पनि मुख्यमन्त्रीले बताएका छन्।

दिपोत्सवमा कुनैपनि अप्रिय घटना नहोस् भन्ने विषयलाई ध्यानमा राखी सुरक्षा व्यवस्था कडा बनाइएको छ।

प्रकाशित: १४ कार्तिक २०८१ ०८:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App