१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

प्यालेस्टिनीलाई सहयोग गर्ने एजेन्सीलाई इजरायलमा काम गर्न रोक

इजरायली संसद्ले प्यालेस्टिनीलाई सहयोग गर्ने राष्ट्रसङ्घीय राहत र कार्य एजेन्सी (युएनआरडब्लुए) लाई इजरायलभित्र काम गर्न निषेध गरेको छ।

इजरायली संसद्मा सोमबार राष्ट्रसङ्घीय राहत र कार्य एजेन्सी (युएनआरडब्लुए) लाई इजरायलभित्र काम गर्न निषेध गर्ने सम्बन्धी कानून पारित गरिएको हो। उक्तक विधेयकमा भएको मतदानमा विधेयकको पक्षमा ९२ र विपक्षमा १० मत परेको थियो।

समाचार संस्था सिएनएनका अनुसार यो कानूनले औपचारिक रूपमा युएनआरडब्लुएलाई गाजा र प्यालेस्टिनी नियन्त्रित पश्चिम किनारका केही भागमा काम नरोके पनि उक्त क्षेत्रमा एजेन्सीको क्षमतालाई सीमित गर्नेछ।

गत वर्ष अक्टोबरमा हमासले गरेको आक्रमणपछि सहयोगका क्रममा युएनआरडब्लुएले इजरायलबाट निरन्तर आलोचनाको सामना गरिरहेको छ।

सोमबार क्यानाडा, अस्ट्रेलिया, फ्रान्स, जर्मनी, जापान, दक्षिण कोरिया र बेलायतका विदेश मन्त्रीहरूले गाजामा बढ्दै गएको मानवीय सङकटबारे चिन्ता व्यक्त गर्दै इजरायललाई प्रस्तावित कानून रोक्न आग्रह गर्दै संयुक्त विज्ञप्ति जारी गरेका थिए।

पहिले नै गम्भीर र द्रुत रूपमा बिग्रिँदै गएको मानवीय अवस्था विशेषगरी उत्तरी गाजामा विनाशकारी नतिजाले असम्भव नभएको खण्डमा पश्चिम किनारलाई गम्भीर रूपमा अवरोध गर्ने विज्ञप्तिमा बताइएको छ।

विधेयक पारित हुनुअघि नै राष्ट्रसङ्घले खाना, आश्रय र स्वास्थ्य सेवामा पूर्ण रोक लगाइएको गाजामा करिब छ लाख बालबालिका जोखिममा पर्ने भविष्यवाणी गरेको थियो।

प्रतिबन्धले इजरायलले कब्जा गरेको क्षेत्रमा युएनआरडब्लुएको अपरेसनमा बाधा पुर्याउने अनुमान गरिएको छ। 

प्रकाशित: १३ कार्तिक २०८१ १३:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App