८ मंसिर २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

१५ वर्षपछि जापानमा सत्तारुढ दलले बहुमत गुमायो,सरकार गठनका लागि तेस्रो दलको खोजीमा प्रधानमन्त्री इसिबा

जापानमा १५ वर्षपछि पहिलो पटक सत्ता गठबन्धनले बहुमत गुमाएको छ। आर्थिक अपचलन र घोटाला प्रकरणका कारण जनताले सत्ता गठबन्धनलाई हारको स्वाद चखाइदिएका हुन्। यो सँगै  निर्वाचन परिणामले प्रधानमन्त्री शिगेरु इसिबाकोे भावी राजनीतिलाई धक्का दिएको छ। 

राजनीतिक कोष घोटालाका कारण सत्तारुढ गठबन्धनले तल्लो सदनमा बहुमत गुमाएको विश्लेषकहरुको ठहर छ। 

लिबरल डेमोक्र्याटिक पार्टी एलडीपी र कोमेटो सम्मिलित जापानको सत्तारुढ गठबन्धनले सन् २००९ पछि पहिलो पटक संसदको तल्लो सदनमा आम निर्वाचनमा बहुमत गुमाएको हो ।

यसअघि गठबन्धनको २८८ सिट थियो जुन सत्ता चलाउनका लागि आरामदायी बहुमत हो। बहुमतका लागि २ सय ३३ सिट आवश्यक पर्छ । तर पछिल्लो परिणाम अनुसार एलडीपीले १ सय ९१ सिट मात्रा जित्न सक्यो भने गठबन्धनमा रहेको अर्को दल कोमेटोले २४ सिट पाएको छ। दुबैको सिट जोड्दा पनि अब बहुमत नपुग्ने भएको छ। 

विपक्षी दल कन्स्टिच्युसनल डेमोक्र्याटिक पार्टीले भने संसदमा आफ्नो उपस्थिती बढाएको छ । उसले १ सय ४८ स्थानमा जितेको छ। यसअघि उसको ९८ सिट मात्रै थियो।  

एलडीपी गठबन्धनले सत्तामा रहन अब तेस्रो साझेदारको खोजी गर्नुपर्नेछ । 

निर्वाचन परिणामलाई स्विकार्दै प्रधानमन्त्री इशिबाले भने - मतदाताहरूले हामीलाई कठोर निर्णय दिएका छन् । हामीले यो नतिजालाई नम्रतापूर्वक स्वीकार गर्नुपर्छ।  

प्रकाशित: १२ कार्तिक २०८१ ०९:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App