५ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनसँगको ‘व्यापार युद्ध’मा अमेरिका पराजित, ट्रम्पले हार स्वीकारे

वाशिंटन– पछिल्लो समय अमेरिका र चीनबीच चलिरहेको ‘ट्रेड वार’ अर्थात व्यापार युद्धमा अमेरिका पछि हटेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार साँझ ट्वीटरमार्फत आफू चीनसँग व्यापार युद्ध गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन्। 

गत साता अमेरिकाले चीनले अमेरिकी लगानीलाई चीनमा प्रोत्साहन नदिएको भनेर आफ्नो देशमा विक्री हुने १३ सय चिनियाँ वस्तुमा करको दर बढाएको थियो। त्यसको जवाफमा चीनले पनि १०६ अमेरिकी वस्तुमा कर बढाउने घोषणा गर्यो। चिनियाँ घोषणासँगै अमेरिकी शेयर मार्केटमा मंगलबार ४५० अंकले गिरावट आयो। शेयर मार्केटको अवस्था बुझेलगतै रास्ट्रपति ट्रम्पले ट्वीट गरेका छन्– ‘५ सय अर्ब घाटामा गएको यो अवस्थामा अरु कुनै घाटा व्यहोर्ने पक्षमा हामी छैनौ।’

उनले तत्कालिन नेतृत्वककर्ताको आलोचना गर्दै अगाडि भनेका छन्– हामीले धेरै वर्षअघि नै चीनसँग ब्यापार युद्धमा पराजय व्यहोरिसकेका छौं, जतिबेला मुर्ख र असक्षमले अमेरिकालाई प्रतिनिधित्व गरेका थिए।’

 

We are not in a trade war with China, that war was lost many years ago by the foolish, or incompetent, people who represented the U.S. Now we have a Trade Deficit of $500 Billion a year, with Intellectual Property Theft of another $300 Billion. We cannot let this continue!

— Donald J. Trump (@realDonaldTrump) April 4, 2018

प्रकाशित: २२ चैत्र २०७४ १०:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App