२ माघ २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ह्यारिससँग डराए ट्रम्प! दोस्रो चरणको राष्ट्रपतिय बहसमा भाग नलिने

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिससँग हुने दोस्रो चरणको बहसमा भाग लिन अस्विकार गरेका छन्।

आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचन अघि राष्ट्रपति पदका उम्मेदवारहरूबीच हुने दोस्रो चरणको पे्रशिडेन्शियल डिबेटमा ट्रम्पले भाग नलिने बताएका हुन्।

बीबीसीका अनुसार २ दिन अघि पेनसल्भेनियाको फिलाडेल्फियामा पहिलो चरणको  प्रेसिडेन्शियल डिबेट भएको थियो। जसमा ह्यारिस ट्रम्पमाथि हावी भएकी थिइन्।

ट्रम्पले पहिलो चरणको डिबेटमा आफूले जितेका कारण अर्को चरणको बहसमा भाग लिन आवश्यक नरहेको बताएका छन्।

तर, मङ्गलवारको बहस लगतै भएको सर्वेक्षणमा रिपब्लिकन प्रदिद्वन्द्वी ट्रम्पभन्दा डेमोक्रेट उम्मेदवार ह्यारिसले राम्रो प्रदर्शन गरेको देखएको थियो।

प्रकाशित: २८ भाद्र २०८१ ०९:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App