४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

फेरि जान पाइने भयो केदारनाथ, एक महिना पछि खुल्यो मार्ग

भारत उत्तराखण्डस्थित केदारनाथ जाने मार्ग श्रद्धालुहरूका लागि फेरि खुला गरिएको छ। झन्डै एक महिना पछि केदारनाथ जाने मार्ग श्रद्धालु भक्तजनहरूका लागि खोलिएको हो।

समाचार संस्था एएनआईका अनुसार गत ३१ जुलाईका राति उत्तराखण्डको विभिन्न क्षेत्रमा भारी वर्षाले भएको ठूलो क्षतिका कारण गौरीकुण्डदेखि केदारनाथ जाने मार्ग बन्द गरिएको थियो। १९ किलोमिटरको उक्त मार्गको २९ स्थान क्षतिग्रस्त बनेको थियो र पहिरोका कारण बाटो अरुद्ध बनेको थियो।

स्थानीय प्रशासनका अनुसार उक्त मार्ग अब घोडा र खच्चडहरूका लागि पूर्ण रुपले खोलिएको र तीर्थ यात्रीहरूले तीनको प्रयोग गरेर केदारनाथको यात्रा गर्न सक्ने बताएको छ।

पहिरोका कारण उक्त क्षेत्रमा ३ जनाको मृत्यु भएको थियो भने एक हप्ता चलेको उद्धार अभियानका क्रममा ११ हजारलाई सुरक्षित निकालिएको थियो।

प्रकाशित: ११ भाद्र २०८१ १३:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App