पूर्व अमेरिकी राष्ट्रपति एवं आगामी राष्ट्रपति निर्वाचनका उम्मेदवार डोनाल्ड ट्रम्पले टेस्लाका कार्यकारी अधिकृत एलन मस्कलाई आफ्नो सल्लाहकार बनाउन तयार रहेको बताएका छन्।
समाचार संस्था रोयटर्ससँगको कुराकानीमा टेस्लाका कार्यकारी अधिकृत एलन मस्कलाई के तपाईं सल्लाहकार बनाउनुहुन्छ राष्ट्रपतिमा निर्वाचित भएपछि भन्ने प्रश्नमा ट्रम्पले मस्कलाई सल्लाहकार बनाउन वा क्याबिनेटमा कुनै पद दिने विषयमा आफू तयार रहेको र छलफल पनि गर्ने बताए।
उनले मस्क निकै बुद्धिमान व्यक्ति रहेका कारण यदि उनले पनि चाहना व्यक्त गरे भने उनलाई कुनै न कुनै पद दिन आफू तयार रहेको बताए।
टेस्ला र स्पेस एक्सका प्रमुख मस्कले केही समय अघि मात्रै ट्रम्पसँग अन्तर्वार्ता लिएका थिए। जसमा डेमोक्रेटिक पार्टीका राष्ट्रपति पदका उम्मेदवार र उपराष्ट्रपति कमला हैरिससहित विभिन्न मुद्दामा कुराकानी भएको थियो।
प्रकाशित: ४ भाद्र २०८१ १३:०१ मंगलबार