२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हमास प्रमुख हानियाको हत्यापछि इजराइलीहरूलाई बन्धकहरूको डर

हमास प्रमुख इस्माइल हानियाको हत्यापछि गाजामा अझै बन्दी बनाइएका दर्जनौँ बन्धकको भाग्यलाई लिएर इजरायलीहरूबीच चिन्ता बढेको छ।

‘हानियाको हत्या गलत थियो किनकी यसले बन्धक सम्झौताको सम्भावनालाई खतरामा पार्छ’, तटीय सहर हाइफा निवासी ५० वर्षीय अनात नोयले भने, ‘हामी आज हृदयमा डरको भावना लिएर उठेका छौँ र यो अझ बढ्न सक्छ, त्यहाँ कुनै शान्ति छैन, हामी डराएका छौँ।’

बुधवार हमास र इरानी रिभोल्युसनरी गार्डले ६१ वर्षीय हानिया तेहरानमा इजराइली आक्रमणमा मारिएको घोषणा गरेका छन्।

उनी मङ्गलवार इरानी राष्ट्रपति मसुद पेजेसकियानको शपथ ग्रहण समारोहमा सहभागी हुन इरानको राजधानी तेहरान पुगेका थिए।

प्यालेस्टिनी आन्दोलन हमासका राजनीतिक प्रमुखका रूपमा हानियाले गाजामा युद्ध अन्त्य गर्न र इजरायलमा प्यालेस्टिनी कैदीहरूको बदलामा यस क्षेत्रमा राखिएका बन्धकहरूलाई रिहा गर्ने सम्झौताका लागि वार्ताको निरीक्षण गरिरहेका थिए।

हमासको सशस्त्र शाखा एजेदिन अल–कसम ब्रिगेडले हानियाको हत्याले इजरायलसँगको युद्धलाई ‘नयाँ स्तर’ मा पुर्याएको भन्दै ‘सम्पूर्ण क्षेत्रका लागि ठूलो परिणाम’ को चेतावनी दिएको छ।

इजरायलमा हमासको अभूतपूर्व आक्रमणपछि युद्ध सुरु भएको हो। आधिकारिक इजरायली आँकडाका आधारमा एएफपीको ट्यालीअनुसार हमासको आक्रमणमा अधिकांश सर्वसाधारणसहित एक हजार एक सय ९७ जनाको मृत्यु भएको थियो।

हमास लडाकूहरूले दुई सय ५१ बन्दीलाई बन्धकसमेत बनाएका छन्। तीमध्ये एक सय ११ अहिले पनि गाजामा छन् र तीमध्ये ३९ जनाको मृत्यु भएको इजरायली सेनाले पुष्टि गरेको छ। रासस

प्रकाशित: १७ श्रावण २०८१ ०८:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App