२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

नोबेल शान्ति पुरस्कार विजेता मलाला पाकिस्तान फर्किन्

इस्लामावाद–  नोबेल शान्ति पुरस्कार विजेता मलाल युसुफजाई बेलायतबाट पाकिस्तान फर्किएकी छन्।
सन् २०१२ मा तालिवान लडाकूले गोली प्रहार गरेपश्चात् उनी बेलायतको बर्मिङघम बस्दै आएकी थिइन्।

महिला शिक्षाको क्षेत्रमा विशेष अभियान चलाएको आरोपमा उनीमाथि गोली प्रहार गरिएको थियो।सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी उनको भ्रमण सम्बन्धका सुचनाहरू गोप्य राखिएको छ। 

उनले पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासीसँग भेटवार्ता गर्ने पाकिस्तानी सञ्चार माध्यमहरूमा उल्लेख छ।सन् २०१४ मा नोबेल शान्ति पुरस्कार पाउन सफल उनले त्यस लगतै महिला शिक्षाको क्षेत्रमा अभियान चलाएकी थिइन्।

प्रकाशित: १५ चैत्र २०७४ ०५:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App