७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

एस्ट्राजेनेकाले विश्व बजारमा रहेका आफ्ना सबै कोरोनाविरुद्धको खोप फिर्ता मगाउँदै

औषधि तथा खोप निर्माता कम्पनी एस्ट्राजेनेकाले विश्व बजारमा रहेका आफ्ना सबै कोरोनाविरुद्धको खोप फिर्ता मगाउने भएको छ।

बीबीसीका अनुसार कम्पनीले आफ्नो आधिकारिक बयानमा यसलाई पूर्ण व्यापारिक निर्णय भएको बताएको छ।

एस्ट्राजेनेकाले कोरोनाभाइरसको नयाँ भेरिएन्टलाई लक्षित गरेर बजारमा अन्य विभिन्न खोप उपलब्ध रहेकाले आफ्नो खोपको मागमा गिरावट आएको बताएको छ।

एस्ट्राजेनेकाले पछिल्लो समय बेलायतको अदालतमा जम्मा गराएको दस्तावेजमा पहिलोपटक आफ्नो कोरोनाविरुद्धको खोपले केही मानिसमा नकारात्मक असर देखिन सक्ने स्वीकारेको थियो।

कोरोनाभाइरसविरुद्धको खोप लगाएका विभिन्न व्यक्तिले एस्ट्राजेनेकाको साइडइफेक्टलाई लिएर क्षतिपुर्तिको केस पनि दर्ता गराएका छन्।

विभिन्न अध्ययनमा एस्ट्राजेनेकाको खोपले लाखौँ मानिसको ज्यान जोगाएको पनि पुष्टि भएको छ।

प्रकाशित: २७ वैशाख २०८१ ०६:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App