२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

डुङ्गा डुब्दा ५८ जनाको मृत्यु

मध्य अफ्रिकी गणतन्त्रको राजधानी बान्गुईमा एउटा डुङ्गा नदीमा पल्टिँदा कम्तीमा ५८ जनाको मृत्यु भएको छ।

नागरिक सुरक्षा प्रमुख थोमस जिमासेका अनुसार मलामीका लागि गएका झन्डै ३ सय जना सवार डुङ्गा पल्टिएको हो।

प्रत्यक्षदर्शी र सामाजिक सञ्जालमा भाइरल भएका भिडियोअनुसार डुङ्गामा ३०० भन्दा बढी मानिस सवार डुङ्गा शुक्रवार मपोको नदीमा पल्टिएको थियो।

‘हामीले पानीमा डुबेका ५८ मृत शरीरलाई पानीबाट निकालेका छौँ’, थोमस जिमासेले रेडियो गुइरासँग भने, ‘कति मानिस पानीमा डुबेका छन् भन्ने सही जानकारी अझै हामीलाई प्राप्त भइसकेको छैन। बेपत्ता भएकाहरूको खोजी जारी छ।’ रासस

प्रकाशित: ९ वैशाख २०८१ ०७:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App