२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हमासको नियन्त्रणमा रहेको नागरिकको मृत्यु पछि हजारौँ इजरायली प्रदर्शनमा

इजरायलका हजारौँ नागरिक प्रदर्शनमा उत्रेका छन्। शनिवार हमास कब्जामा रहेका इजरायली बन्धकको शव बरामद भए पछि त्यहाँका सर्वसाधारण सडकमा उत्रेका हुन्।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको राजीनामा माग गर्दै सर्वसाधारण विरोध गरिरहेका बीबीसीले जनाएको छ।

शनिवार इजरायली सेनाले हमासले बन्धक बनाएका इजरायली नागरिक इलहाद काट्जीरको शव बरामद गरेका थिए। आक्रोशित सर्वसाधारणले सरकारले युद्धविरामको विषयमा कुनै सहमति नगरेका कारण इलहादको मारिएको आरोप लगाउँदै नाराबाजी गरेका छन्।

गाजा युद्धविरामको आज ६ महिना पूरा भएको छ। गत ७ अक्टुबरमा हमासले इजरायलमाथि आक्रमण गरेपछि इजरायलले पनि जवाफी कारबाही सुरु गरेको थियो। जसमा हालसम्म गाजामा ३२ हजार नागरिक मारिएका छन्।

अझै पनि हमासको नियन्त्रणमा इजरायलका १३० जना बन्धक रहेका छन्। ती बन्धक रिहा गराउने विषयमा हालसम्म दुबै पक्षबीच कुनै सहमति हुन सकेको छैन।

प्रकाशित: २५ चैत्र २०८० १०:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App