२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘विश्व नेतासँग ट्रम्पले भने, ‘ शुल्कमा छुट हुन्न’

वासिङ्टन– स्टील र आल्मुनियम निर्यातमा कर शुल्क (ट्यारिफ) बढाउने आफ्नो योजनाका बारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व नेताहरुसँग कुराकानी गरेका छन्।

विश्व नेतासँगको कुराकानीमा ट्रम्पले आफ्नो योजनामा कुनै छुट नदिने विषय राखेको अमेरिकाको वाणिज्य मन्त्री विल्बर रोसले आइतबार बताएका छन्।‘मलाई थाहा छ उनले विश्वका कैयौं नेतासँग कुराकानी  गरेका छन्,’ एबिसीको ‘दिस् विक’सँगको अन्तर्वार्ताका क्रमममा रोसले बताए।

‘निर्णय वास्तवमै उनकै हो र जहाँसम्म मलाई जानकारी छ उनले मज्जाले कुराकानी गरेका छन् । तत्कालै केही छुट दिने बारेमा उनले केही व्याख्या गरेको मैले सुनेको छैन,’ रोसले बताए ।स्वदेशी लगानीकर्तालाई संरक्षण गर्ने भन्दै अमेरिकी राष्ट्रपति ट्रम्पले गत बिहीबार आयातित स्टीलमा २५ प्रतिशत र आल्मनियममा १० प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका थिए । ट्रम्पको यस्तो निर्णयको अमेरिकाका प्रमुख व्यापारिक राष्ट्रहरुले आलोचना गरेका छन् भने स्टक मार्केटसमेत प्रभावित भएको छ।

वाणिज्य मन्त्री रोसले ट्रम्पको प्रस्तावित योजनाले अमेरिकाको अर्थतन्त्रमा सकारात्मक प्रभाव ल्याउने बताएका छन् । उनले अमेरिकी सरकारले देशको अर्थतन्त्रको एक प्रतिशत अर्थात् करिब नौ विलियन अमेरिकी डलर बराबरको ट्यारिफ प्रस्ताव गरेको बताएका छन् । ‘त्यसैले ट्यारिफका कारण रोजगारी ध्वस्त हुन्छ, मूल्यवृद्धि हुन्छ भन्नु गलत धारणा हो,’ रोसले बताए ।

अमेरिकी राष्ट्रपति ट्रम्पको यस्तो घोषणा आएसँगै युरोपेली संघले पनि हार्ले डेभिडसन मोटरसाइकल, बर्बन र लेभाइस जिन्सजस्ता अमेरिकी सामानमा प्रतिकारात्मक ट्यारिफ लगाउने भन्दै दिएको चेतावनीलाई भने वाणिज्य मन्त्री रोसले प्रतिक्रिया दिएनन् । अमेरिकी राष्ट्रपति टम्पले शनिबार यदि युरोपेली संघले प्रतिकात्मक ट्यारिफ लगाए भने युरोपेली मोटरलाई निर्यात कर लगाउने चेतावनी दिएका छन् ।

 

प्रकाशित: २१ फाल्गुन २०७४ ०३:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App