औगादोगु– बुर्किना फासोको राजधानी औगादोगुमा आतंककारी आक्रमण हुँदा १६ जनाको मृत्यु भएको छ।राजधानी औगादोगुमा रहेको फ्रान्सेली दूतावास लक्षित आक्रमण भएको थियो।
आक्रमणमा ८ सुरक्षाकर्मी सहित १६ जनाको मृत्यु भएको बिबिसीमा उल्लेख छ।घटनामा ८० सर्वसाधारण घाइते भएका थिए।फ्रान्सेली विदेशमन्त्री जेन – एभ्स – ड्रायनले घटनाको अालाेचना गर्दै घटनामा संलग्नहरूको तत्कालै पहिचान गरिने बताएका छन्।दुई दिन भित्र बुर्किना फासोमा अन्य दूई आतंकारी घटना भइसकेका छन्।
प्रकाशित: १९ फाल्गुन २०७४ ०५:३१ शनिबार