५ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चिनियाँ समुद्रमा जलिरहेको जहाज विस्फोटको खतरा

बेइजिङ – पूर्वी चिनियाँ सागरमा दुर्घटनाग्रस्त इन्धन बोकेको जहाजको ट्यांकरबाट दुई दिनदेखि निरन्तर तेल चुहिएपछि जहाज विस्फोट भई वातावरणीय विपद् आउनसक्ने खतरा बढेको छ।

इरानबाट १० लाख ब्यारेल तेल लिएर दक्षिण कोरियातर्फ गइरहेको साँची नामक पानीजहाज शनिबार साँझ अमेरिकाबाट खाद्यान्न लिएर चीनतर्फ आइरहेको मालवाहक जहाजसँग ठोक्किँदा ३२ जना वेपत्ता भएका थिए भने इन्धन बोकेको जहाजमा आगो लागेको थियो। जहाजका चालक दलका सदस्य ३० इरानी र २ बंगलादेशी अझै हराइरहेका छन्।

खराब मौसम र कालो धुँवाको मुस्लोले उनीहरुको खोजी तथा उद्दार कार्य प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

संघाई राज्यबाट १६० माइल टाढा पूर्वी सागरमा भएको दुर्घटनास्थलमा कच्चा तेल चुहिरहेको र जहाजको आगो नियन्त्रणमा नआएकाले विस्फोटको खतरा बढेको बताइएको छ।

जहाज विस्फोटबाट वातावरणीय नोक्सानी हुनसक्ने अनुमान गरिएको छ। जहाजले  साधारण कच्चा तेलभन्दा फरक खालको ‘कण्डेन्सेट’ नामक कच्चा तेल बोकेकाले यसको चुहावट वातावरणका लागि खतरनाक हुने विज्ञहरुले बताएका छन्।

चीनले जहाजको आगो नियन्त्रणमा लिन र हराइरहकाहरुको खोजीका लागि कैयौं पानीजहाज परिचालन गरेको छ। दक्षिण कोरिया र अमेरिकाले पनि उद्दारका लागि जहाज तथा हेलिकप्टर पठाएका छन्।

प्रकाशित: २४ पुस २०७४ १२:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App