५ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानले अमेरिकालाई धोका दियो : ट्रम्प

 न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानले अफगानिस्तानका आतंककारीलाई आश्रय दिएर  अमेरिकालाई धोका दिएको बताए ।

 राष्ट्रपति ट्रम्पले अमेरिकाले पाकिस्तानलाई विगत १५ वर्ष अगाडी देखि निरन्तर रूपमा सहयोग गर्दै आएको सामाजिक सञ्जाल ट्वीटर मार्फत् ट्वीट गर्दै बताए ।

अमेरिकाले पाकिस्तानलाई अर्बाै रूपैया आर्थिक सहायता गर्दै आएको र त्यसको बदलामा पाकिस्तानले अमेरिकालाई धोका दिएको ट्रम्पको दाबी थियो ।

राष्ट्रपति ट्रम्पले पाकिस्तानलाई सहयोग गर्नु मूर्खतापूर्ण भएको बताउँदै ट्वीट गरेका हुन् । पाकिस्तानका विदेश मन्त्री ख्वाजा आसिफले ट्रम्पको उक्त ट्वीटको जवाफ चाँडै दिने बताए । मन्त्री ख्वाजाले राष्ट्रपति ट्रम्पको जवाफ दिँदा उनले विश्वलाई सत्यता प्रदान गर्नैे बताए ।

अमेरिकाले पछिल्लो १५ वर्षमा  पाकिस्तानलाई करिब ३३ अर्ब डलर भन्दा बढी आर्थिक सहायता गरेको बताए ।

 

प्रकाशित: १८ पुस २०७४ ०५:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App