मनिला–फिलिपिन्समा क्रिसमस मनाउन गईरहेका मानिस बोकोको एक भ्यान र यात्रुवाहक बस ठोक्किएर दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ ।
प्रहरी महानिरिक्षक रोमिलो सोफिसुलाले सोमवार भएको दुर्घटनामा भ्यानमा रहेका २० यात्रुको मृत्यु भएको जानकारी दिए । भ्यानमा रहेका अन्य १० जना, भ्यानका ड्राईभर र १७ जना बसका यात्रुहरु घाईते भएका छन् । सुरक्षाका सिग्नलहरुको कमी, नियम कानुनको अभाव तथा चालकको लापरवाही फिलिपिन्समा हुने सवारी दुर्घटनाका मुख्य कारण मानिएका छन् ।
प्रकाशित: १० पुस २०७४ ११:५४ सोमबार