१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बङगलादेशका वामपन्थी दल सडकमा

ढाका बङगलादेश(रासस/सिन्ह्वा)- विद्युतमा भएको मूल्यवृद्धिको विरोध स्वरूप बङगलादेशको वामपन्थी झुकाव भएका दलहरूले बिहीबार आधा दिन हड्ताल गरेका छन्।
मूल्यवृद्धिको विरोधमा विहानैदेखि देशका मुख्य शहरमा हजारौँको सङ्ख्यामा भेला भएका प्रदर्शनकारीले हातमा विभिन्न नारा लेखिएका प्लेकार्ड तथा व्यानर बोकी शहरका मुख्य मुख्य भाग परिक्रमा गरेका थिए।
बङ्गलादेशको उर्जा नियामक आयोगले यही नोभेम्बर २३ गतेदेखि लागू हुनेगरी विद्युतको खुद्रा मूल्यमा ५.३ प्रतिशतले वृद्धि गर्ने निर्णय सार्वजनिक गरेपछि यहाँका वामपन्थी दलहरू, बङ्गलादेश कम्युनिष्ट पार्टी, गणतान्त्रिक वाममोर्चा, बङ्गलादेश समाजतान्त्रिक दल, ले विरोधस्वरूप नोभेम्बर ३० गते आधा दिन हड्ताल गर्ने घोषणा गरेका थिए।
विहान ६ बजेदेखि शुरु भएको विरोध प्रदर्शन मध्यान्न १२ बजेसम्म रहेको र प्रदर्शन शान्तिपूर्ण रहेको आयोजकले जनाएका छन्। आयोजकले विरोधका क्रममा कुनै अप्रिय घटना नभएको बताएका छन्।
प्रदर्शनमा सहभागी वामपन्थी कार्यकर्ता तथा शुभेच्छुकले विद्युतमा गरिएको मूल्य वृद्धिले गत सेप्टेम्बरमा ६.१२ प्रतिशत मा रहेको मुद्रास्फितीलाई ६.०४ प्रतिशतमा पुर्‍याएकोमा थप उकास्ने भन्दै सरकारले विद्युतमा गरिएको मूल्यवृद्धिलाई तत्काल खारेज गर्नुपर्ने बताएका छन्।
बङ्गलादेशमा विद्युतको मूल्यमा दुई बर्षपछि समायोजन गरिएको हो । सन् २०१५ मा सरकारले विद्युतको मुल्यमा २.५ प्रतिशतले वृद्धि गरेको थियो ।
सरकारी अधिकारीले विद्यूत सेवामा गरिएको मूल्यवृद्धि अपरिहार्य रहेको र यसले राज्य सञ्चालित विद्युत वितरण कम्पनीलाई दिइँदै आउको अनुदान भारलाई कम गर्ने दावी गर्दै मूल्य घटाउन नहुने बताएका छन्।

 

प्रकाशित: १५ मंसिर २०७४ १०:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App