५ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकाको चाहना युद्ध होइन : राजदूत हेली

वासिङटन डिसी – उत्तर कोरियासँग व्यापार तथा कुटनीतिक सम्बन्ध त्याग्नका लागि अमेरिकाले विश्व समुदायलाई आग्रह गरेको छ। 
संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले चीनले उत्तर कोरियालाई निर्यात गर्दै आएको तेल निर्यातमा बन्देज लगाउनुपर्ने बताइन्।

संयुक्त राष्ट्रसंघीयले सुरक्षा परिषद्को बैठकका बोल्दै राजदूत हेलीले राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना चिनियाँ समकक्षीलाई उत्तर कोरियालाई तेल निर्यात नगर्न लागि आग्रह गरिसकेको बताएकी थिइन्। 

अमेरिकाले नचाहँदै पनि द्वन्द्वको सामना गर्नुपर्ने स्थिति भएमा उत्तर कोरिया पूर्णरुपमा ध्वस्त हुने हेलीको दाबी छ। उत्तर कोरियाले बुधबार जापानमाथि क्षेप्यास्त्र प्रहार गरेको थियो। उक्त क्षेप्यास्त्र  अहिलेसम्मकै शक्तिशाली अन्तर महादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र भएको दाबी समेत उत्तर कोरियाली नेता किम जोन उनले गरेका थिए।

उत्तर कोरियाको मिसाईल परीक्षणले विश्व शान्तिको पूर्णरुपमा अपमान गरेको संयुक्त राष्ट्रसंघले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको थियो।

लगातार उत्तर कोरियाले गरेको मिसाइल परीक्षणले विश्व शान्तिमा बाधा पुगेको र  यसले विश्वमा हतियारको होडबाजी बढ्ने राष्ट्रसंघको ठहर थियो। 
मिसाईल परीक्षणले  अमेरिका लगायत उसका गठबन्धन मुलुकहरुलाई कडा चुनौती दिएको छ। 

करिब २ महिना पछि उत्तर कोरियाले मिसाईल परीक्षण गरेको हो। मिसाईल उत्तर कोरियाको  दक्षिण प्रान्तमा पर्ने प्योङयानको पूर्वी क्षेत्रबाट प्रहार गरिएको थियो। 

 

प्रकाशित: १४ मंसिर २०७४ ०५:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App