१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

काबुलमा विस्फोटमा ८० जनाको मृत्यु

अफगानिस्तानको काबुलमा बम विस्फोट हुँदा कम्तीमा ८० जनाको मृत्यु भएको छ भने ३०० जना घाइते भएका छन् । बम विस्फोट काबुलस्थित बेलायती दूतावास नजिकै भएको थियो।

घटनामा ज्यान गुमाउनेहरुमा अधिकांश मात्रामा सर्वसाधारणहरु रहेका छन्। घाइतेहरुको अवस्था चिन्ताजनक भएकाले मृत्तक संख्या बढ्न सक्ने आकंलन गरिएको छ। बम विस्फोटनको प्रभाव केही भवनहरुमा पुगेको छ भने केही सवारी साधनहरु जलेका छन्।

विष्फोट भएपछि काबुलमा धुँवाले अध्यारो छाएको थियो। विष्फोट भएको १ सय मिटर वरपरका घरमा क्षति पुगेको छ।  विष्फोटमा बीबीसीका एक सवारी चालकको समेत मृत्यु भएको छ।

हालैका महिनामा काबुलमा केही विष्फोटहरु भएका छन्। यो महिनाको सुरुवातमा नेटो सुरक्षा बलमा आत्मघाती हमला भएको थियो।

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले विष्फोटको कडा शब्दमा निन्दा गर्दै रमजानको पवित्र महिनामा निर्दोष नागरिकमाथी गरिएको हमलालाई कायरताको संज्ञा दिएका छन्।

घटनाबारे अनुसन्धान भइरहेको छ भने घटनाको जिम्मा कसैले पनि लिइसकेका छैनन्। अफगानिस्तानको कमजोर सुरक्षा अवस्थाका कारण पटक पटक यस्ता दुर्घटना हुने गरेको छ। घटना इस्लामिक अतिवादी समूह आइएसले पछिल्लो समय यस्ता आतंकवादी गतिविधिहरुलाई बढावा दिदै आइरहेको छ।

प्रकाशित: १७ जेष्ठ २०७४ १२:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App