१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चिनियाँ र अमेरिकी राष्ट्रपतिबीच टेलिफोन संवाद

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिङ पिङ बीच टेलिफोन वार्ता भएको छ । फोन वार्तामा सिरिया र उत्तर कोरियाको पछिल्लो घटनाक्रम बारे छलफल भएको थियो । 

उक्त वार्ताको क्रममा अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाको मिसाइल परीक्षणको गतिविधिलाई रोक्नुपर्ने धारणा व्यक्त गरेका थिए । 

टेलिफोन वार्ताको लगत्तै राष्ट्रपति ट्रम्पले एक ट्वीट गर्दै भने, “उत्तर कोरियाली गतिविधि र व्यापार सम्झौताको विषयमा मैले चिनियाँ राष्ट्रपति समक्ष वार्ता गरे अब समस्या सुल्झिने देखिएको छ ।”

उक्त टेलिफोन वार्तामा चीनले पनि उत्तर कोरियालाई परमाणु हतियार मुक्त बनाउन शान्तिपूर्ण तरिकाले प्रयास गरेको बताइएको छ । साथै चिनियाँ मन्त्रालयका अनुसार चीनले विश्वमा स्थायी शान्ति चाहेको छ ।

टेलिफोन वार्तामा दुई हप्ता अगाडि उनीहरूको भेटवार्ताका क्रममा भएको छलफललाई समेत निरन्तरता दिइएको थियो ।  

 

प्रकाशित: ३० चैत्र २०७३ ०८:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App