इराक – इराक राजधानी बगदादमा भएको एक आत्मघाती हमलामा परी कम्तिमा १५ जनाको मृत्यु भएको छ भने ४८ जना घाइते भएका छन् । घाइतेहरूमा अधिकांश प्रहरी रहेका छन् ।
प्रहरी नाकामा गराइएको उक्त हमला इस्लामिक स्टेटले गराएको हुन सक्ने आशंका गरिएको छ । यद्यपी यो घटनाको जिम्मेवारी भने कसैले पनि लिएको छैन् ।
प्रकाशित: १७ चैत्र २०७३ १०:५७ बिहीबार