१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उडिरहेको व्रिटिश एयरवेज जहाजभित्र इन्धन गन्हाएपछि...

सिकागो— अमेरिकाको सिकागोबाट उडेको व्रिटिश एयरवेजको एउटा जहाज केही समयपछि पुनः सिकागो विमानस्थलमै फर्किएको छ। इन्धनको गन्ध विमानभित्र फैलिएपछि चालकले विमानलाई फर्काएर सिकागो ल्याएका हुन्।

इन्धन लिक भएको शंकामा पाइलटले जहाज फिर्ता गरेका हुन्।

बीए २९६ फ्लाइट सिकागोबाट लन्डनका लागि उडेको थियो। उडेको केही समयपछि विमानभित्र इन्धनको कडा गन्ध फैलिएको थियो। तेलको गन्धले विमान चालक तथा यात्रुलाई असजिलो अनुभव भएको थियो। इन्धन लिक भएको शंकामा पाइलटले जहाज फिर्ता गरेका हुन्।

सो जहाज सकुशल सिकागो विमानस्थलमा अतवरण गरेको छ। सबै यात्रु सकुसल छन्।

प्रकाशित: १ फाल्गुन २०७३ ०६:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App