११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चन्द्रमाका अन्तिम यात्रीको निधन

वाशिंटन–अमेरिकी अन्तरिक्ष यात्री जीन सर्ननको ८२ वर्षको उमेरमा निधन भएको छ। उनी चन्द्रमामा जाने अन्तिम व्यक्ति थिए। अमेरिकी स्पेस एजेन्सी नासालाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार क्याप्टेन सर्जन ती तीन जना अन्तरिक्ष यात्री मध्ये एक जना थिए, जो दुईपटकसम्म चन्द्रमामा पुगेका थिए भने, १९७२ मा चन्द्रमाको धरातल छोड्ने अन्तिम व्यक्ति थिए।

सर्ननले आफ्नो अन्तिम सन्देशमा भनेका थिए,‘हामी जसरी आयौं, त्यसरी नै जाँदैछौं। भगवानको कृपा भयो भने हामी सबैकालागि शान्ति र आशाकासाथ फेरि आउँछौं।’
सर्नन अपोलो १७ मिशनका कमाण्डर थिए। अहिलेसम्म १२ जना वैज्ञानिक चन्द्रमामा पुगिसकेका छन भने अहिलेसम्म ६ जनामात्र जिवित छन्।

सर्ननको सोमबार निधन भएको हो। परिवारका एक सदस्यले भने, ‘हाम्रोलागि यो निकै दुखको क्षण हो।’ ८२ वर्षको उमेरमा पनि सर्नन आफ्नो योजना सुनाउन र अन्तरिक्षमा मानवीय संभावनाको खोजीलाई लिएर उत्साहित थिए। अपोलो १७ मिशन भन्दा पहिला सर्नन अन्तरिक्षमा १९६६ र १९६९ मा चन्द्रमामा गएका थिए।  उनलाई नासाले १९६३ मा अन्तरिक्ष अभियानकालागि छानेको थियो।

प्रकाशित: ४ माघ २०७३ ०६:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App