१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इन्डिगो र स्पाइस जेटका विमान दुर्घटनाबाट बचे

नयाँ दिल्ली-  भारतको व्यस्त इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा मंगलबार ठूलो दुर्घटना टरेको छ। विमानस्थलको रनवेमा इन्डिगो र स्पाइस जेट ठोक्किनबाट थोरैले मात्र बचेका छन्।

इन्डिगोको विमान लखनउबाट आउँदै थियो भने स्पाइस जेटको विमानले टेक अफ गर्दै थियो त्यति नै बेला दुई विमान आमनेसामने भए जुन अत्यान्तै जोखिमपूर्ण थियो।

इन्डिगोको विमान लखनउबाट आउँदै थियो भने स्पाइस जेटको विमानले टेक अफ गर्दै थियो त्यति नै बेला दुई विमान आमनेसामने भए जुन अत्यान्तै जोखिमपूर्ण थियो।

इन्डिगोको सी६- ७२९ लखनउबाट १७६ यात्रु सहित आएको विमान इन्दिरा गान्धी विमानस्थलमा अवतरण भए पछि ट्याक्सी वेमा स्पाइस जेटको जहाज अगाडी देखिएको इन्डिगोका प्रवक्ता अजय जेस्राले बताएका छन्।

घटनाबारे एयर ट्राफिक कन्ट्रोल र सिभिल एभिएसनका प्रमुखलाई जानकारी गराइएको जेस्राले बताए। यस अघि मंगलबार गोवामा जेट एयरको विमान धावनमार्गमा चिप्लिँदा १५ यात्रु घाइते भएका थिए। दुवइबाट आएको जेट एयरको ९डव्लु २३७४ विमान मुम्वइ जान लाग्दा चिप्लिएको थियो।

 

प्रकाशित: १२ पुस २०७३ १०:११ मंगलबार

इन्डिगो स्पाइस जेटका विमान दुर्घटनाबाट बचे