७ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कारखानामा आगलागी हुँदा आठजनाको मृत्यु

नयाँ दिल्ली-उत्तरी भारतमा अवस्थित कपासको धागो बनाउने कारखानामा भएको आगलागीमा परी कम्तीमा आठ कामदारको मृत्यु हुनुको साथै अन्य तीन जना घाइते भएका प्रहरीले शनिबार जानकारी दिएको छ ।

शुक्रबार अबेर राति कारखानाको विद्युतीय लाइनमा आएको अवरोधका कारण सुरु भएको लागलागीमा त्यहाँ रहेका कामदारहरु फसेका थिए । हर्याणा राज्यको पनीपाट जिल्लामा भएको सो घटनाका कारखानामा कार्यरत दर्जनाैं कामदार भाग्न सफल भएका प्रहरीले जानकारी दिएको छ ।

अग्नि नियन्त्रकहरुको पाँच घन्टाको प्रयासपछि सो आगलागी नियन्त्रणको लिइएको थियो ।

यस घटनामा परी सात व्यक्तिको मृत्यु भएको थियो । घाइतेमध्ये एक व्यक्तिको शनिबार मृत्यु भएपछि यो सङ्ख्या आठ पुगेका स्थानीय प्रहरी अधिकारी दीपक कुमारले  बताए ।

गत नोम्भेम्बर ११ मा नयाँ दिल्लीमा गैरकानुनी रुपमा रहेको एक गार्मेन्टको विद्युतीय लाइनमा आएको खराबीका कारण लागेको लागलागीमा परी १३ व्यक्तिको मृत्यु भएको थियो । रासस-एएफपी

प्रकाशित: १२ मंसिर २०७३ ०८:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App