६ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा ६ माओवादी मारिए

नयाँदिल्ली– पूर्वी भारतको जङ्गल इलाकामा बुधबार प्रहरी र माओवादी विद्रोहीबीच भएको दोहोरो झडपमा कम्तीमा छ सशरुत्र लडाकू मारिएका एक प्रहरी अधिकारीले जानकारी दिएको छ ।

झारखण्ड राज्यको लटेहार जिल्लामा बुधबार विहान प्रहरीले जारी गरेको खोजी अभियानको क्रममा माओवादी लडाकूहरुले आक्रमण गरेपछि जवाफी कारबाहीमा उनीहरुको मृत्यु भएको हो ।

“घना जङ्गल भएको सो क्षेत्रमा विगत १५ वर्षदेखि विद्रोही समूह क्रियाशिल रहेको छ,” प्रहरी निरीक्षक अनुप बर्थरायले भने ।

“प्रहरीको जवाफी कारबाही झण्डै ४५ देखि ५० मिनेटसम्म चलेको थियो, हामीले माओवादीको आफ्नै कालो पोशकमा रहेका छ जनाको शव नियन्त्रणमा लिएका छौं,” उनले जानकारी दिए।

“हामीले छ ओटा हतियार र झण्डै पाँच सय राउण्ड गोलीका खोका नष्ट गरेका छौँ” भनी उनले भने। 

भारतमा विगत एक दशकदेखि माओवादी विद्रोहीहरुले सरकारविरुद्ध लड्दै आइरहेका छन्। रासस/एएफपी

प्रकाशित: ८ मंसिर २०७३ १२:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App