प्रविधिले यति सुविधा दिएको छ कि अब गर्भ रहेको केही समयभित्रै भविष्यको सन्तान छोरा या छोरी के हुन्छ भन्ने पत्ता लगाउन सहज भएको छ। हाम्रो समाज प्रायः पुरुष प्रधान नै छ किनभने छोरो पाउने लालसा संसारमै बढी छ।
इतिहासलाई हेर्ने हो भने छोरो जन्माउनका लागि विविध किसिमका प्रयोग गरिन्थ्यो। ग्रिसमा के मानिन्थ्यो भने पूर्वतर्फ टाउको पारेर सुत्ने घरमा छोरो चाँडै जन्मन्छ।
एउटा अनुमानअनुसार सन् २०३० सम्म चार चिनियाँ पुरुषमध्ये एकले मात्र पत्नी पाउने सम्भावना छ। यस्तो अवस्थामा अविवाहित केटाहरु निराश हुने र अपराधकर्मतर्फ आकर्षित हुने सम्भावना बढी रहेको अध्ययनले देखाएको छ।
त्यस्तै कतिपय समुदायमा मौसम बदली भयो भने त्यो बेला छोरी बढी जन्मन्छ भन्ने मान्यता राख्छन्। मुस्लिम पर्व रमजानताका हुने गर्भधारणमध्ये अधिकांश छोरी नै जन्मने मान्यता छ।
जुन स्त्रीले बिहान–बिहान खाजा खान रुचि राख्छे, उसले छोरै जन्माउँछे भन्ने कतिपय ठाउँमा मान्यता राख्छन्। तर यी सबै कुरा मान्यता मात्र हुन्, तिनमा सत्यताको अंश हुँदैन। छोरा वा छोरी जन्मने कुरामा अहिलेसम्म त्यस्ता मान्यता सटिक रुपमा प्रमाणित भएका छैनन्।
यतिबेला संसारमा १०९ छोराको तुलनामा एक सय छोरी छन्। छोराहरुको रोग प्रतिरोधात्मक क्षमता छोरीको तुलनामा कम हुन्छ। उनीहरु चाँडै बिरामी पर्छन्। अर्कोतर्फ हुर्किसकेका छोराहरुले छोरीका तुलनामा बढी आत्महत्या गर्ने सोच बढी हुन्छ। त्यस्तै छोरीभन्दा छोराहरुमा अपराधकर्मतर्फ बढी नै आकर्षण हुन्छ। त्यसैले पनि एक तिहाई पुरुषको हत्या भइरहेको हुन्छ।
पुरुष र स्त्रीको अनुपात बराबर किन हुँदैन?
यस विषयमा बदनाम वैज्ञानिक रोबर्ट ट्राइभर्सले केही रहस्य पत्ता लगाउने प्रयास गरे। उनले सन् १९७२ मा डान विलार्डसँग मिलेर एउटा सिद्धान्त नै प्रतिपादन गरेका थिए। यसलाई ट्राइभर्स–विलार्ड हाइपोथेसिस नामाकरण गरिएको छ। यसले भन्छ– मानौँ तपाईंले आफ्नो सन्तानको छान्न सक्नुहुन्छ र छोरो जन्मियो भने ठूलो व्यापारी बनाउन चाहनुहुन्छ। व्यापारी बनाउनुको अर्थ हो, बढीभन्दा बढी स्त्री उसको पछि लगाउनु। अध्ययनले भन्छ, धनी पुरुषतर्फ बढी स्त्री आकर्षित हुन्छन्।
तपाईंको छोरोले पैसा कमाउन सक्यो भने ऊ सफल भयो तर सकेन भने चाहिँ उसले जीवन बिताउने कुनै साथी पाउने छैन। तर महिलाको हकमा यस्तो हुँदैन। उनीहरुले सहजै साथी पाउँछन् र पुरुषका लागि वंश चलाइदिन्छन्।
टाइभर्सको सिद्धान्तअनुसार धनी मानिसका छोरा बढी जन्मन्छन्।
सन् १९५८ मा चीनमा एउटा अभियान सुरु गरिएको थियो। ‘अग्रगामी छलाङ’ नामाकरण गरिएको यस अभियानमा किसानहरुलाई उनीहरुको खेतीको साटो औद्योगिकीकरणतर्फ लम्कन प्रेरित गरिएको थियो। यस अभियानमा चीनले बढीभन्दा बढी स्टिल उत्पादन गर्नुथियो र ३० प्रतिशतसम्म उत्पादन बढाउनु थियो। यसका लागि ट्र्याक्टरदेखि घरका भाँडासम्म आगोको भट्टीमा हालियो ताकि स्टिलको उत्पादन बढोस्।
यही कारणले चार वर्षमै चीनमा भोकमरी सुरु भयो किनभने त्यहाँ कृषि उत्पादनमा ध्यान दिइएन। यस अभियानका कारण साढे चार करोड मानिसको मृत्यु भयो। भोकमरी बेला जन्मिएका बालबालिका र पछिका बीचको तुलना गर्दा के पाइयो भने गरिब र खान नपाउने वर्गमा बढी छोरी जन्मेका थिए भने धनी वर्गको घरमा छोरा।
एउटा अनुमानअनुसार सन् २०३० सम्म चार चिनियाँ पुरुषमध्ये एकले मात्र पत्नी पाउने सम्भावना छ। यस्तो अवस्थामा अविवाहित केटाहरु निराश हुने र अपराधकर्मतर्फ आकर्षित हुने सम्भावना बढी रहेको अध्ययनले देखाएको छ।
अमेरिकी वैज्ञानिक कीर्थ वाबर्स भन्छन्, ‘स्वयं प्रकृतिले पनि स्त्रीका तुलनामा पुरुषलाई महत्व दिन्छ तर जसै स्त्रीको संख्या कम हुन्छ, पुरुषले साथी पनि पाउन छाड्छन् र यसले अर्कै किसिमको कठिनाइ उत्पन्न गर्छ।
यस्तो गडबडी हुन नदिनेतर्फ यतिबेला सायदै कसैले सोचेको होला। त्यसैले प्रकृतिलाई आफ्नो तरिकाले काम गर्न दिनुपर्छ।
बिबिसी फ्युचरमा जारिया गरवेटको आलेख
प्रकाशित: २८ कार्तिक २०७३ ०५:३४ आइतबार