५ कार्तिक २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

'अमेरिकी अर्थतन्त्र दुई गुणाले वृद्धि गर्नेछु'

नव निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्फ

न्युयोर्क— अमेरिकी राष्ट्रपति निर्वाचित भएपछि डोनाल्ड ट्रम्पले पहिलो सार्वजनिक सम्बोधन गर्दै उनले अमेरिकाको विकास दर दुई गुणाले बढाउने प्रतिबद्धता जनाएका छन्। आफूलाई राष्ट्रपति निर्वाचित गर्ने अमेरिकी जनताप्रति उनले धन्यवाद ज्ञापन गरे।

चुनाबी नतिजा सार्वजनिक भए लगत्तै न्युयोर्कमा उनले सार्वजनिक सम्बोधन गरेका हुन्। ‘म सबै अमेरिकीको राष्ट्रपति हुँ। मेरो जित अमेरिकालाई माया गर्ने हरेकको जित हो’, उनले भने, ‘हाम्रो चुनाब फगत प्रचार थिएन बरु एउटा अभियान थियो। हामी अमेरिकाको पुनःनिर्माण गर्नेछौं। अमेरिकीको सपना पूरा गर्नेछौं।’

अमेरिकी अर्थतन्त्रलाई बलियो बनाउँदै विकास दर दुई गुणले बढाउने उनले बताए।  ‘हामीसँग एउटा विशेष आर्थिक योजना छ। हामी अमेरिकी अर्थतन्त्रलाई दुई गुणाले बढाउनेछौं। हामी अमेरिकालाई गजब र शानदार बनाउनेछौं। हामी उज्जवल भविष्यतर्फ अग्रसर हुनेछौं। साथसाथै काम गरेर हामी अमेरिकाको सपना पूरा गर्नेछौं’, उनले भने।

उनले आगामी दिनमा सबैसँग मित्रता हुने र कोहीसँग दुस्मनी नहुने बताए। आफू अमेरिकाको ४५ औं राष्ट्रपति भएकोमा उनले सबैभन्दा पहिला परिवार र श्रीमती लारालाई धन्यवाद दिए। 
‘यो निकै कठिन थियो राजनीति गर्नु सजिलो छैन। यो अवसरमा म पत्नी लाराको हृदयदेखि नै धन्यवाद दिन चाहन्छु’, उनले भने।

उनले मातापिता तथा बहिनीहरुलाई पनि धन्यवाद दिए। ‘मेरो परिवार निकै गजब छ। मेरा मातापिताबाट मैले धेरै सिकेको छु’, उनले भने।

 

प्रकाशित: २४ कार्तिक २०७३ ०८:३१ बुधबार

अमेरिकी अर्थतन्त्र दुई गुणाले वृद्धि गर्नेछु