१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आफ्नै छोरीले ओबामाको मजाक उडाएपछि...

न्युयोर्क–अमेरिकी राष्ट्रपति बराक ओबामाले आफ्नी सानी छोरीले सामाजिक संजालमा मजाक उडाएको बताएका छन्। ओबामाले डिलरका समयमा  आफूले समाजिक संजालका विषयमा चर्चा गरेको र त्यो चर्चालाई छोरी साशाले रेकर्ड गरेर आफ्ना साथीलाई पठाएको बताएको बीबीसीले जनाएको छ।

राष्ट्रपति ओबामाले सोमबार प्रशारित जिमी किमेल लाइभ टिभी शोका क्रममा छोरी साशाले स्न्यापच्याटमा आफूले गरेको चर्चा साथीलाई पठाएको बताएका हुन्। ‘साशा मलाई स्न्यापच्याटमा निर्देशन दिन्छिन्,’ उनले भने। ओबामाले छोरी साशाको अनलाइन गतिविधिका विषयमा चर्चा गरेको यो पहिलो पटक भने होइन।

यसअघि जुलाइमा पनि ओबामाले भनेका थिए,‘साशाले केही ट्विट गरेकी थिइन, त्यसपछि केही चर्चित सञ्चारमाध्यमले साशाको ट्विटर अकाउन्ट पुष्टि गर्ने कोसिस गरेका थिए।’ तर सो विषयलाई गोप्य राखिएको थियो भने स्न्यापच्याटको म्यासेज सार्वजनिक गरिएको छैन।

 

प्रकाशित: ११ कार्तिक २०७३ ०६:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App